अहिलेका


कुस्तीमा सांसद अगगरिया र मेयर बरबरिया

जनकपुरधाम, १० कात्तिक ।
प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले धनुषाको सहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा बुधबारबाट सुरु भएको कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् ।

कार्यक्रमस्थल नजिक शिवलिङ्ग स्थापना र प्राणप्रतिष्ठा गरिने अवसर पारेर आयोजना भएको मेलाक्रममा मधेसको परम्परागत खेल कुस्ती सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन अरगरियासँगै सहिदनगरपालिकाका मेयर उदय बरबरिया, उपमेयर शीलादेवी कापर, वडाध्यक्ष रामदेव मरिकलगायतले संयुक्त रूपमा गरेका हुन् ।

कुस्तीका लागि नेपाल र भारतबाट दर्जनौं पहलवान आएका छन् । कुस्ती भोलि बिहीबार पनि हुनेछ ।

कुस्ती हेर्न हजारौंको सँख्यामा सर्वसाधारण भिड लागेको थियो । पछिल्ला दिनमा कुस्तीप्रति मधेसवासीमा आकर्षण तथा रुचि बढ्दै गएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!