अहिलेका


सोनलको पक्षमा केन्द्र, तर अझै मानेनन् लोसपा प्रदेशसभा सदस्यहरू

किरण कर्ण

जनकपुरधाम, ११ असोज ।

प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको संसदीय दलका नेता छनोट गर्ने विषयमा पार्टीका प्रदेशसभा सदस्यहरूबीच अझै सहमति जुट्न सकेको छैन । अँध्यारो छिप्पिन लाग्दा पनि पार्टीका १६ जना प्रदेशसभा सदस्यहरूबीच छलफल जारी छ ।

दलका नेताका आकांक्षीहरू जितेन्द्र सोनल, उपेन्द्र महतो, बाबुलाल साह र सुरिता साहबीच सहमति हुन नसक्दा दलको बैठक लम्बिएको हो । स्रोतका अनुसार दलका नेता चयन गर्ने सर्वसम्मत प्रयास विफल भए सोनल र महतोबीच चुनावी प्रतिस्पर्धा हुनेछ । निर्वाचन प्रक्रियामा बाबुलाल र सुरिता नजाने करिब निश्चित नै छ ।

संसदीय दलको बैठकमा सर्वसममत नेता चयन गर्ने प्रयास कमजोर बनेपछि प्रदेशसभा सदस्यहरूबीच थप छलफल हुन दिन केन्द्रीय नेताहरू बैठक कक्षबाट बाहिरिएका छन् । लोसपाका युवा नेता अजय झाका अनुसार दलका नेता छनोटमा अन्तिम समयसम्म सर्वसम्मत गर्न पार्टीका केन्द्रीय नेतृत्वको चासो रहने बताए ।

केन्द्रीय नेतृत्वले सोनलाई नै नेता छनोट गर्न प्रदेशसभा सदस्यहरूलाई सुझाएका छन् । निर्वाचन भए पनि सोनल नै नेतामा विजयी हुने प्रबल समभावना रहेको स्रोतको दाबी छ ।

सर्वसम्मत नेता चयन भए नेताका अन्य आकाक्षीहरूलाई दलका उपनेता र प्रमुख सचेतक आदि पद दिने सम्भावना देखिन्छ । तर, निर्वाचन प्रक्रियाबाट नेता छनोट भए त्यो सम्भावना भने तुहिन्छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!