अहिलेका


के विवाह गर्लान् त रणबीर–आलिया ?

एजेन्सी
बलिउड अभिनेता रणबीर कपुरको २८ सेप्टेम्बरमा ३९ औं जन्मदिन छ । उनी आफ्नो जन्मदिनको दुई दिनपूर्व रणबीर आफ्नी प्रेमिका आलिया भट्टसँग ‘प्राइभेट सेलिब्रेसन’ का लागि जोधपुर पुगेका छन् ।

भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार रणबीर–आलिया छिट्टै विवाह गर्ने तयारीमा रहेको जनाइएको छ । यी जोडी आफ्नो विवाह स्थल फाइनल गर्न र जन्मदिन मनाउन जोधपुर पुगेको बताइन्छ ।

अघिल्लो वर्ष रणबीर कपुर र आलिया भट्ट दुवैको परिवार नयाँ वर्ष मनाउन रणथंभौर पुगेका थिए । त्यतिबेला पनि उनीहरु विवाह स्थल खोज्न र इन्गेजमेन्ट गर्न त्यहाँ पुगेको बताइएको थियो । तर यो खबरमा भने सत्यता ठहरिएन ।

रणबीरले अघिल्लो वर्षको अन्तरवार्तामा भनेका छन् ‘यदि कोरोना भाइरस नआएको भए विवाहको योजना उहिल्यै सफल भइसक्थ्यो । अहिले म यसबारे कुरा गरेर यसमाथि आँखा लगाउन चाहदिन । म आफ्नो जीवनको यो उद्देश्यलाई चाँडै नै पूरा गर्न लागिपरेको छु ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!