जनकपुरधाम, १४ कार्तिक ।
नेपाली काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्ता गठबन्धनमा नफुट्ने बताएका छन् ।
आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै काँग्रेस नेता डा. महतले आम निर्वाचन चाँडै आउँदै गरेको बताउँदै उनले गठबन्धन निर्वाचनसम्मै जारी रहने बताएका हुन् ।
उनले भने, ‘आम निर्वाचन चाँडै आउँदैछ, गठबन्धन जारी रहन्छ’, उनले भने, ‘मलाई लाग्दैन कि गठबन्धनमा टुट्छ ।’
यसअघि सत्ता गठबन्धनकै एक घटना जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँग सहकार्य गर्न गाह्रो भएको बताएका थिए । तर, महतले विगतमा उपेन्द्र यादवले केपी ओलीसँग पनि सहकार्य गरेको उल्लेख गर्दै गठबन्धन चलाउन देउवासँग मिलेर नै सहज हुने धारणा राखे ।
अर्को प्रशंगमा डा महतले भने, ‘एमसीसीको विषयमा अनावश्यक विरोध भएको बताए । ‘जसलाई एमसीसीको फुल फर्म थाहा छैन उसले विरोध गर्नु विडम्बना हो ।’
यो अनुदान सहयोग हो । योजना हामीले छनोट गरेको हो । यो चाहिँ अरू सहयोग भन्दा के फरक भयो ? यो त सहयोग हो ऋण होइन नि । नचाहिँदो कुरा बहस र प्रचार भएको छ , सेना आएर टेक ओभर गर्छ भन्ने गलत भ्रम फैलाइएको छ ।’
महतले अदालतमा हाल देखिएको विवादका विषयमा पनि आफ्नो धारणा राखे । न्यायालयभित्र भएको समस्या समाधान न्यायाधीश र प्रधानन्यायाधीश मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिँदै महतले छिटो निकास दिएर न्याय सम्पादन हुनुपर्ने धारणा राखेका थिए ।
