अहिलेका


गाई र गोरु तिहार एकै दिन, आज देउसी खेलिने

जनकपुरधाम, १९ कात्तिक ।
आज शुक्रबार यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाईको पूजाअर्चना गरी मनाइँदैछ ।

गाई पूजा गर्नाले गाईबाट मातृ ममता पाइने धार्मिक विश्वासका साथ गाईतिहार मनाइँदैछ । वैदिक सनातन संस्कृतिमा गाईलाई आमाका रूपमा मान्ने गरिन्छ ।

यस वर्ष आजकै दिन नै गोरुतिहार पनि परेको छ । तिथिहरूको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको हो ।

गाई जननी भएकाले पनि सनातन संस्कृतिअनुसार पूजा गर्ने गरिएको छ । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको संस्कृतिविद्हरूको भनाइ छ ।

आधुनिक र विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिले समेत स्थानीय गोरस विभिन्न रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानवस्वास्थ्यलाई फाइदा पुग्ने प्रमाणित गरेका छन् । आजैका दिन बेलुकी घरघरमा देउसी खेल्ने गरिन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!