जनकपुरधाम, २७ कात्तिक ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी कानून बनाउँदा सरोकारवालासँग छलफल गर्ने जनाएकी छिन् ।
गुठीसँग सम्बन्धित सरोकारवालसँगको छलफलका क्रममा साँस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै गुठीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको मन्त्री श्रेष्ठले बताइन् ।
गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि उनले बताइन् ।
छलफलमा सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनुपर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।
