अहिलेका


गृहमन्त्रीले लिए वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी

काठमाण्डौँ, २ कार्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे।

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!