अहिलेका


गृहमन्त्री खाँड भने,‘ काँग्रेसको महाधिवेशनले अन्य पार्टी प्रभावित हुने’

जनकपुरधाम, २२ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँड जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको वैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री खाँड विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले काँग्रेसको महाधिवेशनले अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए ।


उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने भन्दै उनले महाधिवेशनले पार्टी र अन्यसबैलाई प्रभाव पार्ने स्पष्ट पारे ।
आम जनताको जिवन रक्षाको लागि नेपाल सरकार गम्भिर रहेको गृहमन्त्री बालकृष्ण खाँडले बताए । उनले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
गृहमन्त्री खाँडले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको बताए ।
उनले राज्यको र सरकारको पहिलो दायित्व नै नागरिकको जिवन रक्षा रहेको र त्यसका लागि आफुहरु प्रयत्नशिल रहेको बताए ।
न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।
अहिले उनी कार्यकर्ता भेलामा सहभागी भएका छन् भने यसपछि जनकपुरधाम स्थित सीताशरण होटेलमा हुने सुरक्षा समितिको वैठकमा पनि सहभागी हुनेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!