अहिलेका


गृहमन्त्री खाण भोलि सोमबार जनकपुर आउँदै

जनकपुरधाम, २१ कात्तिक ।
संघीय गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाण भोलि सोमबार जनकपुरधाम आउँदैछन् । उनी बिहान १० बजेर ३० मिनेटमा काठमाडौंबाट जनकपुर विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले बताए ।

गृहमन्त्री बालकृष्ण खाणका साथ धनुषा गृहजिल्ला भएका नेपाली काँग्रेसका केन्द्रीय नेता एवम् पूर्वमन्त्री महेन्द्र यादव । तस्बिर : फाइल

 

काँग्रेस नेता खाण सोमबार अपराह्न १२ बजेर ३० मिनेटबाट जनकपुरधामस्थित वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को सभाकक्षमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । पार्टीको आसन्न महानिर्वाचनमा केन्द्रित कार्यकर्ता भेलामा उनले संस्थापन पक्षको कुरा राख्ने बताइएको छ ।

त्यसलगत्तै जनकपुरधामको होटल सीतिाशरणमा आयोजित प्रदेश २ का सुरक्षा अधिकारीहरूको भेलालाई गृहमन्त्री खाणले सम्बोधन गर्नेछन् ।
गृहमन्त्री खाण मंगलबार बिहान काठमाडौं फर्कनेछन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!