ललितपुर, १९ कात्तिक ।
ललितपुरको पाटनस्थित मंगलबजारनजिक चक्रबहीको एक घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चारजनाको निधन भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल छन् ।
दुईजना गम्भीर घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो ।
चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको थियो ।
