अहिलेका

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

अनिल यादव /प्रशोधक

रौतहट, १७ असार ।

बाराको सुवर्ण गाउँपालिका–७ मा चट्याङ लागेर एक  युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धीरजप्रसाद यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

तस्बिर : प्रतीकात्मक

खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुईजना भने गम्भीर घाइते भएका छन् ।

सुवर्ण गाउँपालिका–७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुबी कुमारीको स्थानीय  स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!