अहिलेका


चाडपर्व मध्यनजर गर्दै प्रहरीले विभिन्न स्थानमा सहायता कक्ष

जलेश्वर, १४ असोज ।
महोत्तरी प्रहरीले विभिन्न स्थानामा यात्रु सहायता कक्ष स्थापना गरेका छन् ।

दर्शै तिहार र छठ पर्वलाई लक्षित गरि बर्दिबास, गौशाला र जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

सार्वजनिक यातायातका सवारी साधनहरूमा भिडभाड हुने र यात्रु ठगिने र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यात्रु सहायता कक्ष स्थापना गरिएको एक कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले चाडबाडको समयमा सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्ने, भिडभाडका कारण यात्रुको सामान छुट्ने, बढी भाडा लिने, चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरणका लागि यात्रु सहायता कक्षले सहयोग गर्ने उद्देश्य रहेको बताए ।

हाल एक ट्राफिक प्रहरी र एक जनपद प्रहरी रहने गरि व्यवस्था गरिएको छ ।
सहायता कक्ष स्थापनापछि पीडितलाई अन्यत्र गएर गुनासो गर्न आवश्यक नरहेको र तत्कालै समस्या समाधान हुने उनको भनाई छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!