जनकपुरधाम, ८ कार्तिक ।
महोत्तरीको एक स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वि रहेका उम्मेदवार विजयी भएका छन् ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको पुनः मतगणना स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन् ।
नेपाली काँग्रेसले धाँधली गरि निर्वाचित भएका अरुण कुमार चौधरी अदालतको फैसलामा भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएका छन् ।
काँग्रेसका अरुणकुमार चौधरीलाई पराजित गर्दै दुई मतले स्वतन्त्र उम्मेदवार राय विजयी भएके निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिए । स्वतन्त्र उम्मेदवार रायले २ सय ६८ मत ल्याए भने चौधरी भने २ सय ६६ मत मात्रै ल्याएका थिए ।
०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत मनरा सिस्वा नगरपालिका वडा नम्बर १०को परिणामा २०७४ असोज ८ गते प्रकाशित भएको थियो । तर राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याए । दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भएका थिए ।
निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वि रहेका रमेश कुमार राय अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । तर उच्च अदालतको आदेशपछि पनि अरुण कुमार चौधरी सर्वोच्चसम्म पुगे । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको फैसलालाई सदर गरेको थियो ।
