अहिलेका


चिकित्सकको लापरवाहीमा नीजि होस्पिटलमा एक शिशुको मृत्यू

जनकपुरधाम, २७ कात्तिक ।
जनकपुरधाम स्थित एक नीजि होस्पिटलमा चिकित्सकको लापरवाहीमा एक शिशुको मृत्यू भएको आरोप पीडित परिवारजनले लगाएका छन् ।


रामानन्द चोक स्थित रहेको तराई राजधानी होस्पिटलले शुक्रबार बेलुका स्वास्थ्य जन्मिएपनि शनिबार विहानमा मृत्यू घोषणा गरेपछि पीडित परिवारजनले चिकित्सकको लापरवाहीको कारण मृत्यू भएको आरोप लगाएका छन् ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ स्थित नगराइन बस्ने विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले होस्पिटलमै शुक्रबार राति ८ बजे सामान्यरुपमा छोरालाई जन्म दिएकी थिइन् ।
शिशुको मृत्यु भएको हस्पिटलले विहान ४ बजे जानकारी गराएको पीडित विजय मण्डलले बताए । उनले बच्चा रुइरहदाँ पनि चिकित्सक नआएको र नर्सले समेत बेवास्ता गर्दा मृत्यू हुन पुगेको बताए । रातभर चिकित्सक नदेखिएका यस होस्पिटलमा एकाएक विहान एक चिकित्सक आएर बच्चाको मृत्यू भएको बताएको उनले बताए । विहान ४ बजे डा. सञ्जिव साहले चेकजाच गर्दा मृत्यू भएको बताएका थिए ।
पीडित परिवारजनका अनुसार जन्मेको केहि समय पश्चात शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै होस्पिटलले एनआइसियुमा भर्ना गरिएको थियो ।
विजय मण्डलले राति ११ बजे नै बच्चा चिच्याउँदा किन यस्तो भएको हो भन्ने आशंका डाक्टरको बारेमा सोधखोज गरेको बताए । तर रातभर चिकित्सक नआएको र स्टाफ नर्सकै भरमा उपचार गर्दा बच्चाको मृत्यु भएको उनले भने ।
विजयले भने, ‘होस्पिटलको लापरवाहीले बच्चाको मृत्यु भएको हो । बदमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनु पर्छ ।’
होस्पिटलका मेनेजर विकास कुमार सिंहले होस्पिटले बच्चालाई बचाउनका लागि विभिन्न प्रयास गरेको जिकिर गरे ।
तर पीडित परिवारजनले भने बच्चा रोइरहँदा पनि कसैले पनि वास्ता नगरेको समयमा डाक्टर नआएकाले बच्चा मरेको आरोप लगाए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!