अहिलेका


चिसोसँगै प्रदूषण बढ्यो, सर्तकताका लागि आग्रह

जनकपुरधाम, २२ कात्तिक ।

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकाले चिसोबाट आग्रह गरेका छन् ।


उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । उनका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ । उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जनाए । उनले आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुरधाम जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । उनले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताए । जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने उनले बताए ।

उनले भने, ‘भारतमा, चीनको बेइजिङमा पनि पोलुसन (प्रदूषण) बढ्दै गएको छ भन्ने कुराहरु आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौँ लगायत मुख्य शहरहरुमा जाडो याममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्याधिक प्रदूषित शहर भनिएको थियो, यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षा याम वा चैत्र, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन, लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमीन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ’, ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!