अहिलेका


चीनमा १३ करोड जनता पुनः लकडाउनमा ओमिक्रोनको बढायो चिन्ता,

चीनमा ४ फेबु्रअरीदेखि शीतकालिन ओलम्पिक सुरु हुँदै छ । शिआन र आसपासको क्षेत्रमा प्रतिबन्धको नियम अनुसार एक घरबाट दुई दिनमा एक पटक मात्रै एक व्यक्ति अत्यावश्यक सामग्रीको खरिदका लागि बाहिर जान पाउने छन् । विशेष परिस्थिति बाहेक सबै सवारी साधनमा रोक लगाइएको छ । घरमा आपतकालिन स्थिति बाहेक घरबाट ननिक्लनका लागि आग्रह गरिएको छ ।कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको असाधारण प्रसारले विश्वमा चिन्ता बढाएको छ । अचानक कोभिड–१९ संक्रमणको ६२ केस देखा परेपछि १।३० करोड जनसंख्याको शिआन सहरमा बुधबार रातीदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरिएको छ । यसैगरी बेलायतमा पनि बुधबार १ लाख भन्दा बढी मामिला देखा परेको छ । अमेरिकामा त झनै दुई महिनादेखि दैनिक १ लाख भन्दा बढी मामिला देखा परेको छ ।यसैगरी बेलायतमा १ लाख ६ हजार १ सय २२ संक्रमित देखा परेको छ । यहाँ पनि नयाँ वर्षको खुसीयाली मनाउन प्रतिबन्ध लगाउने योजना बनाइएको छ । वेल्सल्यान्डको सरकारले त क्रिसमसको १ दिनपछि अनिश्चितकालका लागि घरबाट बाहिर आउन र धेरै मानिस भेला हुनबाट रोक लगाएको छ ।रेष्टुरामा पनि एक पटकमा ६ भन्दा बढी मानिस भेला हुन पाउने छैनन् । नयाँ अध्ययन अनुसार ओमिक्रोनको असर न्यून भएको पुष्टि भए बावजुद कयौँ देशले नयाँ वर्षमा थप प्रतिबन्ध लगाउने विचार गरिरहेका छन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!