अहिलेका


चुरे संरक्षण नहुदाँ बाढी पहिरोको चिन्ता, उत्खननमा रोक लगाउन माग

जनकपुरधाम, असोज १० ।
चुुरे संरक्षण तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न नदिहरुलाई उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

आइतवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै बारा जिल्लाको निजगढ नगरपालिकाले नदि उत्खनन्का लागि लगाइएको ठेक्का तत्काल बदर गर्न माग गरेका हुन् ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले नदि दोहनबाट सो पालिका नै बाढीको कारण डुबान क्षेत्रमा परेको उनको भनाई छ ।

उनको भनाई अनुसार बाढीको कारणले लालबकैया खोलाको राजमार्गमा रहेको पुल समेत प्र्रभावित भएको थियो ।

उनले भने– लालबकैया खोला संग दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ जोडिएको हुनाले भोलीको दिनमा चुरेमा हुने उत्खननले विमानस्थल परियोजनालाई पर्ने हुनाले सोको जिम्मेवारी पालिकाले लिनुपर्ने हुन्छ ।

चुरे अभियानीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता तथा वनजंगल संरक्षणका लागि निरन्तर रुपमा आन्दोलन गर्दै आईरहेका छन् ।

सो पत्रकार सम्मेलनमा अभियानका धनुषा संयोजक अमन यादव, महोत्तरी संयोजक सविता यादव, सल्लाहकार सरोज राय र अभियन्ता प्रविण महतोको उपस्थिती थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!