अहिलेका


चुरे संरक्षण नहुदाँ बाढी पहिरोको चिन्ता, उत्खननमा रोक लगाउन माग

जनकपुरधाम, असोज १०
चुुरे संरक्षण तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न नदिहरुलाई उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

आइतवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै बारा जिल्लाको निजगढ नगरपालिकाले नदि उत्खनन्का लागि लगाइएको ठेक्का तत्काल बदर गर्न माग गरेका हुन् । अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले नदि दोहनबाट सो पालिका नै बाढीको कारण डुबान क्षेत्रमा परेको उनको भनाई छ ।

उनको भनाई अनुसार बाढीको कारणले लालबकैया खोलाको राजमार्गमा रहेको पुल समेत प्र्रभावित भएको थियो ।
उनले भने– लालबकैया खोला संग दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ जोडिएको हुनाले भोलीको दिनमा चुरेमा हुने उत्खननले विमानस्थल परियोजनालाई पर्ने हुनाले सोको जिम्मेवारी पालिकाले लिनुपर्ने हुन्छ ।

चुरे अभियानीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता तथा वनजंगल संरक्षणका लागि निरन्तर रुपमा आन्दोलन गर्दै आईरहेका छन् ।

सो पत्रकार सम्मेलनमा अभियानका धनुषा संयोजक अमन यादव, महोत्तरी संयोजक सविता यादव, सल्लाहकार सरोज राय र अभियन्ता प्रविण महतोको उपस्थिती थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!