अहिलेका


चौथो तल्लाबाट खस्दा चतुर्वेदीको मृत्यु

काठमाडौं, २१ असोज ।
नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी काठमाडौंको चाबहिलस्थित बुलबुलेमा मृत फेला परेका छन् । निर्माणाधीन ८ तले घरको चौथो तलाबाट खसेर चतुर्वेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक केशव भट्टराईका अनुसार सेतो टिसर्ट र पाइन्ट लगाएका उनको टाउको पछाडि चोट लागेको देखिएको छ ।

चतुर्वेदीको मोबाइल फोन निर्माणाधीन घरको चौथो तलामा भेटिएको छ ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

चतुर्वेदी सो निर्माणाधीन घरभित्र प्रवेश गरेको र खसेको दृश्य नजिकै रहेको सिसिटिभीमा कैद भएको र सो सिसिटिभी फुटेजको प्रारम्भिक अध्ययनअनुसार उनले आत्महत्या गरेको हुनसक्ने देखिन्छ ।

पारिवारिका स्रोतका अनुसार चतुर्वेदी केही समयदेखि डिप्रेसनमा थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!