जनकपुरधाम, २३ कात्तिक ।
छठ पर्वको अवसरमा बुधबार जनकपुरधामदेखि वीरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल’ सहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टि बारे जनाएको हो । सो कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा रहने जनाइएको छ ।
समितिले विशेषगरी धनुषा (जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । जनकपुरधाममा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, विरगञ्जको घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो साढे चार बजे र बाराको बहुअरी पोखरी वडा नम्बर ५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जनाइएको छ । सो कार्यक्रममा बोल्दै पूर्व राजदूत राम भक्त ठाकुरले छठ पर्वले सबै नेपालीलाई एकीकृत गर्ने धारणा राखे ।
