अहिलेका


छलफल संवाद मार्फत अवरोध हटाउन प्रतिपक्षी एमालेसंग गृहमन्त्री खाँडको आग्रह

जनकपुरधाम, २३ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध तत्काल अन्त्य गर्नका लागि आग्रह गरेका छन् ।
मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शन पछि संचारकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभामा जनताका गुनासा, समस्यालगायतका कुराहरु जनप्रतिनिधिहरुले राख्ने थलो रहेकाले छलफल र संवाद मार्फत अवरोध हटाउन प्रतिपक्षी दलसंग आग्रह गरेका हुन् ।


गृहमन्त्री खाँडले भने, ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, वहाँहरुलाई अवरोध अन्त्य गर्न आ्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ ।’ उनले अघि थप्दै भने, ‘जनप्रतिनिधिले जनातका गुनासा, समस्यालगायतका कुराहरु राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित संचालन भयो भने सरकारलाई समेत मदत पुग्छ र जनतालाई समेत भरोसा र विश्वास जाग्छ ।’
राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसंग संवाद छलफल मार्फत राजनीकि मुलधारमा ल्याउने कामहरु अघि बढिरहेको बताए । उनले राजनीीतक मुलधारमा नआएका पार्टीहरुसंग छलफल संवाद गरेर राष्ट्रिय मुलधारको राजनीतिकमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पारे ।
उनले अहिले राजनीतिक परिस्थिति सहजिकरण दिशामा अघि बढिरहेको बताए ।
सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको वैठक बारे जानकारी समेत गृहमन्त्री खाँडले गराए ।
गृहमन्त्री खाँडले सुरक्षा सवालमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलता बढ्दै गएको बताए । उनले बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसंग सुरक्षानिकायको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले प्रदेश भित्रका सुरक्षानिकायलाई एकआपसमा समन्वय गर्ने गरी राष्ट्रिय सुरक्षाका लागि तीनै तहसंग समन्वय गर्ने देखिए । उनले सुरक्षानिकायलाई साधन स्रोतको व्यवस्थापन गर्नुपर्ने बताए ।
गृहमन्त्री खाँडलाई मैथिली विकास समितिले एक कार्यक्रम आयोजन गरि स्वागत तथा सम्मान गरेको थियो । भने उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र कुमार महासेठले व्यवसायीहरुको सुरक्षा समस्या र आवश्यकता बारे एक ज्ञापन पत्र समेत सो कार्यक्रममा बुझाएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!