अहिलेका

जनकपुरधामका मेयरमा पराजित महतो जसपा प्रवेश गर्दै

प्रशोधक समाचारदाता
जनकपुरधाम, ६ असार ।
जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा पराजित स्वतन्त्र उम्मेदवार बलराम महतो जनता समाजवादी पार्टी(जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् । आसन्न आम निर्वाचनलाई दृष्टिगत गरी उनी राजनीतिक दलका सदस्यता प्राप्त गर्न लागेका हुन् ।

निर्माण व्यवसाय छाडेर पूर्णकालीन राजनीतिमा आएका महतोलाई सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा आयोजित एक समारोहमा पार्टी प्रवेश गराउनेछन् । पार्टी प्रवेश गराउने प्रयोजनले नै अध्यक्ष यादव सोमबार अपराह्न जनकपुरधाम आउँदैछन् ।

धनुषाको सबैला नगरपालिकाका निवासी महतो आगामी आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुने आकांक्षाका साथ पार्टी प्रवेश गर्न लागेका छन् । उनले आम निर्वाचनमा धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने इच्छा आफ्नो रहेको तर गठबन्धनका कारण क्षेत्र परिवर्तन हुन सक्ने बताए ।

महतो प्रतिनिधिसभा सदस्य लड्न इच्छुक क्षेत्र नम्बर २ बाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका उमाशंकर अरगरिया जितेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!