अहिलेका


जनकपुरधामको कपडा पसलमा आगलागी

जनकपुरधाम, १२ असोज १२ ।

जनकपुरधामको एक कपडा पसलमा आगलागी भएको छ । आगलागी हुँदा करोडौंको क्षति भएको जनाइएको छ ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ स्थित रंगभूमि मैदानछेउमा रहेको महारानी वस्त्रालयमा मंगलबार बिहान आगलागी भएको धनुषा प्रहरीले जनाएको छ ।

स्थानीय उमाकान्त चौधरीले आफ्नै घरमा सञ्चालन गरेको महारानी वस्त्रालयमा आगलागी हुँदा करिव दुई करोड रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । आगलागीबाट पसलभित्रका सम्पूर्ण कपडालगायत अन्य सामान जलेको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीका कारण खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!