अहिलेका


जनकपुरधाममा चीन विरुद्ध नारावाजी

जनकपुरधाम, १८ असोज ।

चीनले नेपालको भुमी अतिक्रमण गरेको भन्दै जनकपुरधाममा चीन विरुद्ध नारावाजी गरेका छन् ।

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकटका लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ धनुषाको अगुवाईमा ब्याक चाईना भन्दै विद्यार्थीहरुले जुलुस प्रदर्शन गरेका हुन् ।

संयोजक प्रशान्त झाको अगुवाईमा निस्केको जुलुसले नगरको परिक्रमा गर्दै चीन विरुद्ध नारावाजी समेत गरेका थिए ।

उनले सिमावर्ती क्षेत्रमा चीनले सीमा अतिक्रमण गर्दा संघीय सरकार केहि नबोल्दा सोको विरोधमा प्रदर्शन गरेको जनाए ।

सो जुलुस प्रदर्शनले नगरको परिक्रमा गर्दै रेल्वे स्टेशन, भानु चोक, शिव चोक र जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!