अहिलेका


जनकपुरधाममा देउसीभैलोको रमझम

जनकपुरधाम, १९ कात्तिक ।
नेपालीभाषीहरूको पलायन र विस्थापनसँगै एक दशकयता तिहारका बेला देउसी र भैलो खेल्ने समूह जनकपुरधाममा देखिन छाडिएको छ । तर, यसपटक भने राजनीतिकर्मी, गैरसरकारी संस्थाकर्मी र सँस्कृतिकर्मीहरूको समूहले दशकपूर्वझैं जनकपुरधाममा देउसी र भैेलो खेलेका छन् ।

पुरुषहरू जम्मा भएर छिमेकीहरूको घरघरमा गएर गीत गाउँदै खेल्ने परम्परालाई देउसी भनिन्छ भने महिलाहरू(खासमा किशोरीहरू) भेलाजम्मा भई टोलछिमेकका घरमा गीत गाउँदै खेल्ने सँस्कृतिलाई भैली भनिन्छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्नत्रालयका सल्लाहकार जीवनाथ चौधरीको व्यापारिक प्रतिष्ठान होटल सीता प्यालेसमा एक हुल राजनीतिकर्मीहरूले देउसी खेलेका छन् । काँग्रेसका पुराना नेता समिर शर्मा नेतृत्वको टोलीले सीता प्यालेसमा देउसी खेलिरहँदा दशकअगाडिको देउसी परम्परा जीवन्त भएको थियो ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्नत्रालयका सललाहकार जीवनाथ चौधरीको होटल सीता प्यालेसमा देउसी खेल्दै राजनीतिकर्मीहरू

टोलीका एक सदस्यले आह भन मेरा भाइ हो भनेपछि एकसुरमा सबैले देउसी रे भन्दा सहभागीहरू मन प्रसन्न भएको थियो ।

देउसी केटाकेटी र युवाको साँस्कृतिक खेलमात्र नभएर प्रौढहरूको पनि हाँसीखुसीमा बसेको संस्कृति भएको छनक दिनेगरी भएको देउसी अद्वितिय र मनमोहक भएको सल्लाहकार चौधरीले बताए ।

देउसी गीतमार्फत देउसी टोलीका मुख्य व्यक्तिले घरका व्यक्तिलाई आशीष तथा शुभकामना र दिन्छन् । टोलीका अरूहरूले देसी रे भन्दै गर्छन् । घरका मान्छेले पनि

घरबाट नाङ्गलोमा चामल, रुपैयाँपैसा र सेलरोटीहरू दिने गर्छन् ।

देउसी गीतमा नाचगान गरिरहेकाहरूले भने गीतिशैलीमै मुठी खोलेर दान दिन घरका मानिसलाई प्रेरित गरिरहन्छन् ।

यसैगरी महोत्तरीको दक्षिणवर्ती नगर पिपरामा समेत देउसीभैलो खेलिएको छ । शुक्रबार धनुषाको बटेश्वर गाउँपालिकास्थित सगरमाथा बहुउद्देश्यीय सहकारी सस्थाद्वारा पिपरा गाउँपालिका ६ रतौलीमा भैलो खेलिएको हो ।

सामाजिक अभियन्ता वैद्यनाथ चौधरीको गृहगाउँ महोत्तरीको पिपरा ६ रतौलीमा खेलिएको भैलो ।

सामाजिक अभियन्ता वैद्यनाथ चौधरीको गृहगाउँमा खेलिएको भैलीमा महिलाहरूले परम्परागत र लोक भाकामा भैली रे भट्याएका थिए । सामाजिक अभियन्ता चौधरीले देउसीभैेलीले सँस्कृति संरक्षणका साथै सामाजिक सहिष्णुतामा अभिवृद्धि हुने टिप्पणी गरे ।

यसैगरी जिल्लाका विभिन्न साँस्कृतिक समूहहरूले पनि शुक्रबारबाट देउसीभैलो खेलिरहेका छन् ।

देउसी गीत

टोली प्रमुख – ‘आहै, भन मेरा भाइ हो’
समूह – देउसी रे !
मुख्य – ‘हे राम्ररी भन’
समूह – देउसी रे !
मुख्य –‘आहै,स्वर मिलाई भन’
समूह – देउसी रे !
मुख्य – ‘आहै, भन न भने’
समूह – देउसुरे !
मुख्यः– ‘आहै देउसी रे खेल्न’
समूहः देउसी रे !
मुख्य–‘आहै आएका हामी’
समूह– देउसी रे !


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!