अहिलेका


जनकपुरधाममा निजी विद्यालयले तीन महिनाको शुल्क नउठाउने

जनकपुरधाम, १६ असोज ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा सञ्चालित निजी विद्यालयहरूले जेठ, असार र साउन गरी तीन महिनासम्मका मासिक, यातायात, छात्रावासलगायत कुनै पनि शुल्क नलिने सहमति भएको छ ।

निजी विद्यालयहरूका संगठन प्याब्सन, एन प्याब्सन र एम प्याब्सनसँग दोस्रो चरणको कोरोना महामारी संक्रमण(कोभिड १९) का बेला विद्यालयहरू बन्द भएकाले त्यसअवधिका शुल्क नलिने शुक्रबार सहमति भएको जनकपुरधाम उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

पहिलो चरणको कोभिड संक्रमणका बेला लकडाउन भए पनि संस्थागत(निजी) विद्यालयहरूले विभिन्न शीर्षकमा रकम उठाउएको गुनासा अभिभावकहरूले गरेकाले यसपटक उपहानगरपालिकाका प्रमुख लालकिशोर साहको गम्भीर पहलमा शुल्क नउठाउने सहमति भएको बताइन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!