अहिलेका


जनकपुरधाममा नौलो प्रयोगः ‘बाँसबारी’ सञ्चालनमा

जनकपुरधाम, २१ असोज ।

जनकपुरधाममा पूर्णरुपले बाँसको मात्र प्रयोग गरेर बनाइएको सुविधा सम्पन्न होटल ‘बाँसबारी’ सञ्चालनमा ल्याइएको छ ।

जनकपुरधामको वरिपरि बाँसले निर्मित होटल नै नरहेको अवस्थामा केही नयाँपन दिने उद्देश्यका साथ आज घटस्थापनाको दिनदेखि युवा व्यवसायी भरत साहले सो होटल सञ्चालनमा ल्याएका हुन् ।

जनकपुरधामस्थित भैरवचोकमा उनले होटल ‘बाँसबारी’ सञ्चालन गरेका छन् ।


होटलको समुदघाटन गर्दै नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले यस होटलले सस्तो तथा गुणस्तरीय सुविधा दिने विश्वास व्यक्त गरे । उनले होटलको आउटलुकले ग्राहकलाई निश्चित नै आकर्षित गर्ने दावी समेत गरे ।

होटलका सञ्चालक भरतले जनकपुरधाममा पूर्णरुपले बाँसले बनाइएको होटल नै नरहेको समयमा आफूले ग्राहकलाई केही नयाँपन दिने उद्देश्यले यो होटल सञ्चालन गरेको बताए ।
उनले यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!