अहिलेका


जनकपुरधाममा फेसन प्वाइन्ट

किशन साह
जनकपुरधाम, २३ असोज ।

जनकपुरधामको जनकचोकमा सेन्टर प्वाइन्ट द फेसन स्टोर नामक व्यावसायिक प्रतिष्ठान सञ्चालनमा आएको छ ।

प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाममा उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय कपडा उपलब्ध गराउन तथा रेडिमेड व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले सो फेसन स्टोर सञ्चालनमा आएको हो ।

फेसन स्टोर आफ्नै भवन जशोदा कम्पलेक्समा सञ्चालन आएको छ ।

एक ठाउँमा परिवारका सबै सदस्यका लागि आकर्षक रेडिमेड कपडा खरिद गर्न सक्ने वातावरण बनाउन भुइँतल्लामा महिला, पहिलो तल्लामा बालकालिका तथा दोस्रो तल्लामा पुरुषका लागि किनमेल गर्ने व्यवस्था मिलाइएको छ ।

चाडपर्वका बेला प्रतिष्ठानको शुभारम्भ भएकाले उपभोक्ताका लागि बम्पर उपहार योजनासमेत ल्याइएको छ । प्रत्येक एक हजार रुपैयाँको खरिदमा ग्राहकले कुपन प्राप्त गरी मोटरसाइकल, टिभी, होम थिएटर, स्ट्यान्ड फ्यानलगायतका सामग्री जित्न सक्नेछन् ।

सेन्टर प्वाइन्टका सञ्चालक सञ्जीव साहकी आमा जसोदा साहले रिबन काटेर प्रतिष्ठानको उद्घाटन गरेकी छिन् ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगीव्यावसायी तथा शुभचिन्ताहरुको उपस्थिति थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!