अहिलेका


जनकपुरधाममा बलिप्रथा प्रदानको विरोधमा प्रदर्शन

जनकपुरधाम, १९ असोज ।

दशैं नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथा प्रदानको विरोधमा प्रदर्शन गरेका छन् ।

चाडपर्वमा हुने पशुबलि प्रथा प्रदान बन्द गर्न भन्दै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा नगरको परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

संयोजक शिवकुमार महतोको अगुवाईमा जनकपुरधाम स्थित विभिन्न शक्तिपिठमा हुदैँ आएको बलिप्रथा प्रदानको विरोध गर्दै जनकपुरधामको नगर परिक्रमा गर्दै बजरंग चोक, रामानन्द चोक, जानकी मन्दिर, राजदेवी मन्दिर र राम चोक, मुरलीचौक हुँदै पुनः सोही स्थानमा आएर ¥याली समापन भएको थियो ।

बलिप्रथा, स्वच्छ समाज निर्माणका लागि, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागहरु राख्दै जुलुस प्रदर्शन गरेको बताए ।

ब्रम्हा कविर उपासक समाज धनुषाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलिप्रथा प्रदान बन्द गर्नका लागि ज्ञापन पत्र समेत बुझाएका छन् ।

समाजका संयोजक महतोले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति दबाबस्वरुप ¥याली निकालेको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!