प्रशोधक समाचारदाता / जनकपुरधाम, ४ चैत ।
जनकपुरधामको चर्चित संस्था मिथिला नाट्यकला परिषद्ले होलीका अवसरमा हरेक वर्ष आयोजना गर्ने महामुर्ख सम्मेलन जनकपुरधामको जानकी मन्दिर परिसरमा भइरहेको छ ।

विशिष्ठ शैलीमा उद्घाटन भएको सम्मेलनमा होरी गायन, हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुति, कविता वाचन, मुर्ख एवम् महामुर्ख उपाधि वितरण तथा मुर्ख एवम् महामुर्खलाई प्रमोपहार प्रदान गर्ने गरिन्छ ।
मिनापद्वारा दिइने मुर्ख एवम् महामुर्ख उपाधिलाई प्रतिष्ठित सम्मान मान्ने गरिएको छ ।
कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू रामसरोज यादव र शत्रुधन महतो, प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख रहिसकेका बजरंगप्रसाद साह, सहित्यकार रमेश रञ्जनलगायतका व्यक्ति सहभागी छन् ।
यसपालि सम्मेलन आयोजना समितिको नेतृत्व मिनापका पूर्वअध्यक्ष सुनिलकुमार मल्लिकले गरेका थिए ।
