अहिलेका


जनकपुरधाममा रावणबध

जनकपुरधाम, २९ असोज ।

एक दशकदेखि हुँदै आएको प्रतीकात्मक रावणबध यस वर्ष पनि जनकपुरधाममा सम्पन्न भएको छ ।

शुक्रबार जनकपुरधामस्थित गंगासागर र धनुषसागर जोड्ने बाटोमा रावणसहित तीनवटा प्रतिमा र लंकादहन एकसाथ गरिएको हो ।

१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले रावणबध गरी विजय प्राप्त गर्दै धर्मपत्नी सीतालाई मुक्त गराउन सफल भएको सम्झनामा रावणबध कार्यक्रम जनकपुरधामसहित हिन्दु धर्मावलम्बीरूले विभिन्न स्थानमा गर्दैआएका छन् ।

जनकपुरधाममा गत आठ वर्षदेखि विजयादशमीका दिन रावणबधका लागि विशेष कार्यक्रम आयोजन हुँदै आएको छ ।

स्थानीय महावीर युवा कमिटीको आयोजनामो आरम्भिक वर्षदेखि नै ५२ फिटको रावण र लंकासमेत दहन हुँदैआएको छ ।

यस वर्ष राम मन्दिरका पुजारी राम गिरीले रावणबध गरेका छन् ।े रावणबध गर्नुपूर्व लंका दहन गरिएको थियो ।
सो दृश्यावलोकनका लागि सयकडौं सर्वसाधारणको भिड थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!