जनकपुरधाम, २९ मंसिर ।
प्रदेश २ मा शहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्वास्थ्य सम्बन्धी विभिन्न भवनको शिलान्यास तथा उद्घाटन गरेकी छन् ।
बुधबार जनकपुरधाम स्थित मुजेलीयामा शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईद्वारा निर्माणाधिन हुन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन, प्रदेश मेडिकल स्टोर भवन र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा उद्घाटन एक समारोह वीच मन्त्री झाक्रीले गरेकी हुन् ।
कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यका लागि ७७ लाख ३४ हजार ७५ रुपैयाँ भ्याट सहित ज्ञान ज्योति विल्डर्स प्रा. लि., कोटेश्वर, काठमाण्डौले निर्माण गर्ने छन् ।
सो भवन निर्माण कार्य ०७८ वैशाख ८ मा सम्पन्न गरिसक्नु पर्ने शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
त्यस्तै प्रदेश मेडिकल स्टोर निर्माण कार्यका लागि चार करोड ४२ लाख २९ हजार ६ सय ४३ रुपैयाँ भ्याट सहित नागार्जुन \हेम\ सावित्री, जनकपुरल ०८० वैशाख ८ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।
त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण कार्यका लागि सात करोड २७ लाख ३ हजार ९ सय २६ रुपैयाँ भ्याट सहित बानिया\सुगम जे. भी., जनकपुर– १४ निर्माण व्यवसायीले निर्माण गरिसक्नु पर्ने संघीय आयोजना कार्यान्वयन इकाई, जनकपुरधाम, धनुषाले जनाएको छ ।
०८० वैशाख ९ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने जनाइएको छ । सो भवनको चर्चेको क्षेत्रफल ४३५।२४ वर्गमिटर, भवनको कुल क्षेत्रफल १३०५। ७२ वर्गमिटर रहेको जनाइएको छ ।
शिलान्यास तथा उद्घाटन कार्यक्रममा मन्त्री झाक्री, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सामजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादवसहितकाले स्वागत मन्तव्य राखेका थिए ।
