अहिलेका

जनकपुरधाम : आठ कार्यपालिका सदस्यका लागि मतदान हुँदै

प्रशोधक समाचारदाता
जनकपुरधाम, २० जेठ ।
जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन कार्यक्रमअन्तर्गत मतदान भइरहेको छ ।

नगरप्रमुख र नगर उपप्रमुख तथा २५ वडाध्यक्ष सदस्य रहने नगर कार्यपालिकाका थप आठ सदस्यका लागि शुक्रबार मतदान भइरहेको हो ।

प्रमुख, उपप्रमुख, २५ वटै वडाध्यक्ष तथा वडा सदस्य गरी नगरसभाका सबै एक सय २७ जना सदस्यले कार्यपालिकाका आठ सदस्यका लागि मतदान गर्नेछन् ।

जनकपुरधामका चर्चित सञ्चारकर्र्मी घनश्याम मिश्रका अनुसार आठ कार्यपालिका सदस्यका लागि दस महिला र छ पुरुष गरी १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । कार्यपालिका सदस्यका लागि नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!