अहिलेका

जनकपुरधाम उपमहानगरका उपमेयरमाथि दुव्र्यवहार

प्रशोधक समाचारदाता
जनकपुरधाम, ५ असार ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साथमाथि दुव्र्यवहार भएको छ । जनकपुरधामस्थित बेलाकुट्टीको जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन दबाब दिन पुगेका व्यक्तिहरूले उपमेयर साहलाई उपमहानगरपालिका परिसरर्मा गालीगलौज गर्नुका साथै सामान्य भौतिक आक्रमणसमेत गरेका छन् ।

जनकपुरधाम उपमहानगरका उपप्रमुख किशोरी साह : फाइल फोटो

दुव्र्यवहारको घटनापछि उपमेयर साह योजना अनुगमनका लागि उपमहानगरको कुवा पुगेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार बेलाकुट्टीको जग्गा अतिक्रमणविरुद्ध ज्ञापनपत्र बुझाउन जनकपुरधाम उपमहानगर कार्यालय पुगेकाहरूको ज्ञापनपत्र बुझ्नेक्रममा उपमेयर साहले ‘आफूहरूले घर उखेल्न होइन, घर बसाउन आएको’ भनेपछि उत्तेजित भिडले उनीमाथि दुव्र्यवहार गरेको हो । उपमेयर साहले ज्ञापनपत्र बुझाउनेहरूको सहजताका लागि आफू कार्यकक्षबाट बाहिरिँदै परिसरमै आएको तर उनीहरूले जबर्जस्ती गरेको बताए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह कार्यालय नआएका बेला आफूले नै ज्ञापनपत्र बुझेर समस्या समाधानका कानुनी उपाय खोजी गरिने प्रतिबद्धता व्यक्त गरिरहेका बेला भिड आक्रामक र उत्तेजित बनेको जानकारी दिए । उनले भने, ‘तर, भिडलाई मैले सम्झाइबुझाइ पठाएको छु । बेलाकुट्टीको जग्गा नापजोख कार्य अघि बढ्नेछ ।’

जनकपुरधाम उपमहानगरपालिकामा निर्वाचित भएपछि वडा नम्बर २३ अध्यक्ष राघवेन्द्र साहले बेलाकुट्टीको जग्गामा बनाइएका अवैध घरटहरा हटाउने अभियान थालनी गरेका छन् । त्यसक्रममा केही दिनअघि त्यस क्षेत्रमा घरटहरा बनाएकाहरूले अध्यक्ष साहलगायतका अतिक्रमणविरुद्धका अभियन्ताहरूलाई दुव्र्यवहार गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!