अहिलेका


जनकपुरधाम उपमहानगर बोर्डको वैठकका लागि वडाध्यक्षहरुले बुझाए ज्ञापन

जनकपुरधाम, २२ कात्तिक ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकाको वैठकको माग गर्दै वडा अध्यक्षहरुले उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।

नगरप्रमुख लालकिशोर साहले जनकपुरधाम नगरको समस्याहरु चाँडबाँडमा समेत बेवास्ता गरेको, नगर सरसफाई तथा विकास निर्माणमा ध्यान नदिएको आरोप लगाउँदै एक दर्जन वडा अध्यक्षले तत्काल वैठक बोलाउनका लागि माग गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका कार्यपालिकाको विगत ५ महिनादेखि वैठक बस्न नसकेको भन्दै १२ जना वडा अध्यक्षहरुले नगरको समस्या समाधान गर्नका लागि समेत भन्दै तत्काल वैठकको माग गर्दै ज्ञापन बुझाइएको जनकपुरधाम उपमहानगर वडा नम्बर ४ का वडा अध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।
नगर कार्यपालिकाको बैठक प्रत्येक महिनाको एक पटक बोलाउनुपर्ने व्यवस्था रहेपनि विगत ५ महिनादेखि उपमहानगरपालिका कार्यपालिकाको वैठक अझैसम्म पनि नबोलाइएको वडा नम्बर ३ का वडा अध्यक्ष जानकीराम साहले बताए ।
उनले अविलम्व ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापनसमेतको शीर्षक उपर छलफल गराएर कानून बमोजिम निर्णय गर्न माग समेत गरेको बताए ।
आफूहरुको मागलाई बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ३, ४, ६, ७, ८, ९, ११, १६, २०, २२ र २४ का वडाअध्यक्षलगायतकाहरुले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!