अहिलेका


जनकपुरधाम काँग्रेसको अधिवेशन आइतबार गोपाल धर्मशालामा हुने

जनकपुरधाम, ४ मंसिर ।
नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन आइतबार जनकपुरधामस्थित गोपाल धर्मशालामा हुने भएको छ ।

अधिवेशनमा सहभागी हुनका लागि पार्टीका वडा समितिका सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बिहान ९ बजे कार्यक्रमस्थलमा बोलाइएको छ ।

पालिका अधिवेशनले उपमहानगर अध्यक्ष, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव चयन गर्नेछ । पालिका सभापतिको उम्मेदवार बन्न भने पार्टीकोे क्रियाशील सदस्यता प्राप्त गरेको दुई वर्ष पुगेको हुनुपर्नेछ ।

अधिवेशनले प्रत्येक वडाबाट कम्तीमा एक महिलासहित तीन जना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ । महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएका क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य सङ्ख्याको दुईतिहाइ सदस्य सम्पूर्ण पालिकाको जनसङ्ख्याको बनोटअनुसार र तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित गर्नेछ ।

सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल सङ्ख्याको बीस प्रतिशत सदस्य मनोनित गर्नेछन् ।

सभापतिले कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक मनोनीत हुनेछ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!