अहिलेका


शनिबार जनकपुरमा भने उपेन्द्र यादवको भव्य स्वागत

जनकपुरधाम, २२ असोज ।
संघीय मन्त्रीपरिषद्ले पूर्णता पाएपछि शनिबार साँझ जनकपुरधाम आएका जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

अध्यक्ष यादवलाई प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पार्टी नेता तथा पूर्वमन्त्री हरिनारायण यादव, प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, पूर्वराज्यमन्त्री सरोजसिँह कुशवाहा, शेषनारायण यादवलगायतका नेताले स्वागत गरेका छन् ।

अपराह्न ४ बजे आउने भनिएका अध्यक्ष यादव विमान ढिलो हुँदा साँझ साढे छ बजेमात्र जनकपुरधाम आएका हुन् । अध्यक्ष यादवको प्रतीक्षा सयौं नेताकार्यकर्ताहरू प्रतीक्षारत रहेका थिए ।

मन्त्रिपरिषदमा पार्टीको सहभागिता हुँदा मन्त्री छनोटमा थप सतर्कता र सचेतता नअपनाइएको टिप्पणीबीच उनी प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आएका छन् । प्रदेश २ मा जसपा नेतृत्वको गठबन्धन सरकार छ ।

अध्यक्ष यादव पार्टी संगठनको सदृढीकरण र विस्तारका विषयमा आज र आइतबार गरी दुई दिनसम्म प्रादेशिक नेताहरूसँग परामर्श गर्नेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!