जनकपुरधाम, २६ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जनगणना कार्यक्रममा सहभागी हुनका लागि आम नागरिकमा अपिल गरेको छ ।
जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम रहेकाले जनगणनामा सहभागी भइ सत्य तथ्य विवरण दिनका लोसपाले अपिल गरेको हो ।
जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहेकाले पनि सो कार्यक्रममा सहभागी हुनुपर्ने सबैमा लोसपाले अपिल गरेको छ ।
