अहिलेका


जनमतले घेरे अख्तियार आयोग कार्यालय

जनकपुरधाम, २० असोज ।

निर्धारित कार्यक्रम अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेरेका छन् ।

बुधबार महोत्तरीको बर्दिवास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालय घेरेका हुन् ।

प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा साइकल खरिद तथा वितरणमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले विभिन्न फाइलहरु नियन्त्रणमा लिएको थियो ।

अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट बेटी बचाउ बेटी पढाउ अभियान कार्यक्रम अन्तर्गत खरिद र वितरण गरिएको साइकलमा अनियमितता भएको भनि छापा मारेपछि सत्तारुढ जसपा आन्दोलित छन् ।

जसपालाई काउन्टर दिदैँ जनमत पार्टीले अख्तियार आयोगको कार्यालय घेराउ गरेका हुन् । अख्तियारको विरुद्धमा आन्दोलनरत्त रहेको अवस्थामा जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गरेर तत्काल छानविन गर्नका लागि दवाव सृजना गरिएको जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!