अहिलेका


जनमत पार्टीले बर्दिबास स्थित अख्तियार आयोगको कार्यालय घेर्ने


जनकपुरधाम, २० असोज ।

जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने जनाएको छ ।

प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया तत्काल बढाउन दबाव दिने उद्देश्यले अख्तियार आयोगको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

अख्तियारको कार्यालय घेराउ कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटीका सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने उनले बताए ।

बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले असोज १३ मा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालले जुलुस निकालेको थियो । तर सोको प्रतिवादमा जनमत पार्टीले भने मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेकोे छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!