अहिलेका


जनमत पार्टीविरुद्ध जनकपुरधाममा शिक्षकको प्रदर्शन

जनकपुरधाम, १५ कात्तिक ।
धनुषा जिल्लाका शिक्षकहरूले जनकपुरधाममा डा.सिके राउत नेतृत्वको जनमत पार्टीविरुद्ध सोमबार प्रदर्शन गरेका छन् ।

जनमत पार्टीसँग आबद्ध विद्यार्थीहरूले सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई कालोमोसो दली चप्पल लिएर कुटपिट गरेको घटनाका विरुद्धमा जिल्लाका सबै विद्यालयका शिक्षकहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले जनमत पार्टी मुर्दाबाद, शान्तिसुरक्षा कायम गर, दोषीलाई कारबाही गर् जस्ता नारा लगाएका छन् । प्रदर्शन नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको अगुवाइमा भएको छ ।

जनमत पार्टीका विद्यार्थीहरूले गत कात्तिक १२ गते शुक्रबारका दिन नियमित पठनपाठन नगराएको र अनावश्यक अतिरिक्त शुल्क असुल गरेको जस्ता आरोप लगाउँदै प्राधानाध्यापक साहलाई विद्यालयअगाडि मोटरसाइकलमा बाहिरिँदै गर्दा कालोमोसो फ्याकी चप्पलले हिर्काएका थिए ।

जनमत पार्टीनजिकका सञ्चारकर्मीहरूले विद्यार्थीको त्यस कार्यलाई ‘जनकारबाही’ को संज्ञा दिएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!