अहिलेका


जनमत पार्टी विरुद्ध ईन्जिनियरहरु सडकमा आन्दोलित

जनकपुरधाम, ५ कार्तिक ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेपछि प्रदेश २ का ईन्जिनियरहरु सडकमा आन्दोलित भएका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरु जनकपुरधामको रामानन्द चोकस्थित रहेको कार्यालयमा तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर नगरपरिक्रमा गराएपछि पेशागत हकहित संरक्षणको माग गर्दै ईन्जिनियरहरु आन्दोलित भएका हुन् ।

नेपाल ईन्जिनियर एशोसएसन प्रदेश २ का ईन्जिनियरहरु जुलुश निकालेर जनमत पार्टी र अध्यक्ष सिके राउत विरुद्ध चर्को नारावाजी गरेका थिए ।
ईन्जिनियरहरुले पीडित ईन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारवाही गर, ईन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको ईन्जिनियरिंग दर्ता खारेज गरलगायतका नाराहरु समेत लगाएका थिए ।

ईन्जिनियरहरुको सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर घुमाउनु कानूनी राज्यको उपहास रहेको भन्दै प्रजिअ बन्धुप्रसाद वास्तोलाई ज्ञापन पत्र बुझाएका हुन् ।

पेशागत रूपमा एक ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ्ग परिपदसँग माग गरेका छन् ।

जनमतका १७ कार्यकर्तामाथि मुद्दा दर्ताको तयारी

खानेपानी कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई अर्धनग्न गरी नगर भरि घुमाएका जनमतका १७ जना कार्यकर्ताहरुमाथि धनुषा प्रहरीले मुद्दा चलाउने भएका छन् ।

संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कुटपिट गर्दै कार्यालयबाटै अर्धनग्न गरि नगर घुमाइएको थियो ।

शुक्रवार सो घटनामा पक्राउ परेकाहरु मध्ये १७ जना माथि सरकारी वकिलको कार्यालयमार्फत अपराधिक प्रवेश तथा अपराधीक उपद्रव शिर्षकमा मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!