अहिलेका


जन्मदर्ता सिफारिसमा घुस लिने वडाध्यक्ष विरुद्ध सजाय माग आरोपपत्र दायर


जनकपुरधाम, १४ कार्तिक ।

जन्मदर्ता सिफारिस गर्नलाई घुस मागेका महोत्तरीका एका जनप्रतिनिधि र कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अ‍ैबुल राईन विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

दुबैजनामाथि १० हजार रुपैयाँ माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो ।

वडा अध्यक्ष र कम्प्युटर अपरेटरलाई अख्यितार आयोगको टोलीले असोज २४ मा घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष महतोले जन्मदर्ता बनाउन सेवाग्राहीसँग १० हजार घुस मागेका थिए ।

जन्मदर्ताको लागि घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएकाले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

त्यस्तै करारमा सहायक कम्प्युटर अपरेटरमा कार्यरत्त रहेका राईनको संलग्नता देखिएकोले बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्यिारले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!