अहिलेका


जन्मदिनका अवसरमा श्यामका सेनेटरी प्याड

जनकपुरधाम, ८ असोज । महिनावारीका समयमा हुने संक्रमणबाट सुरक्षित हुने आधुनिक सेनेटरी प्याड आयातमा तथा बेचबिखनमा सरकारले भन्सार शुल्क र मूल्य अभिवृद्धि कर लगाएको चर्चा चुलिएसँगै जनकपुरधाममा एक युवकले सेनेटरी प्याड वितरण गरेका छन् ।

जनकपुरधाममा एक युवक श्याम साहले आफ्नो जन्मदिनको अवसरमा सेनेटरी प्याड वितरण गरेका हुन् ।

जनकपुरधामस्थित ओमशक्ति स्कुलमा कक्षा नौ र दसका छात्राहरूलाई महिनावारीसम्बन्धी जानकारी, प्याडलगाउने वा सफा कपडा प्रयोग गर्ने, सफासुग्घर भएर बस्नुपर्नेजस्ता जनचेतना कार्यक्रमसँगै सेनेटरी प्याड निःशुल्क वितरण गरेर साहले शनिबार जन्मदिन मनाएका छन् ।

कार्यक्रममा ब्लड फोर नेपालका धनुषाका जिल्ला संयोजक निर्जला तिमल्सिनाले सामान्यतया महिलाको महिनावारी १०/१२ वर्षका उमेददेखि ४९/५० वर्षसम्म चल्ने र एकपटक महिनावारीका समयमा एक महिलालाई दुई प्याकेटभन्दा बढी सेनेटरी प्याड आवश्यक पर्ने बताइन् ।

उनले भनिन्, ‘सेनेटरी प्याडमा मात्र एकपटक ठूलो रकम खर्च हुनेगर्छ । सित्तैमा कण्डम बाँडने सरकारले सनेटेरी प्याड पनि निःशुल्क रूपमा प्रदान गर्नुपर्छ ।’

सेनेटरी प्याड वितरण कार्यक्रममा युवा अभियानी आदित्य सहनी, बालकिशन भगतलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!