अहिलेका


जब चलचित्र ‘रज्जारानी’ का राजा अर्थात् नाजीर अचानक भेटिए

जनकपुरधाम, २३ असोज ।
शनिबारका दिन । जनकपुरधाम विमानस्थलमा भेटिए नेपाली चलचित्रका अभिनेता नाजीर हुसैन अर्थात् होस्टल रिर्टन्सका रामेश्वर यादव ।

जनकपुरधाममा सामाजिक अभियन्ता राजकुमार महतो नेतृत्वको भोर नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कँदै गरेका बेला उनी भेटिएका थिए ।

चलचित्र अभिनेता नाजीर हुसैनसँग कुरा गर्दै प्रशोधक डटकमका अनिलकुमार कर्ण

प्रशोधक डटकमका लागि अनिलकुमार कर्णसँग कुरा गर्दै रज्जारानीमा नकारात्मक चरित्र बाँचेर पनि दर्शकको संवेदना बटुल्न सफल भएका नाजीरले भने,‘होस्टल रिर्टन्सपछि धेरै कामहरूका लागि अफर आए । तर त्यसमा हाम्रो परिवेश, सँस्कृति र संस्कारलाई ठट्टाको शैलीमा चित्रण गरिएको थियो । त्यसैले स्वीकार गर्न सकिनँ ।’ नाजीर प्रदेश २ को सिमरावासी हुन् ।

रंगमञ्चबाट नेपाली भाषाको चलचित्रमा उदाएका नाजीर अबको दस वर्षपछि चलचित्र क्षेत्रमै काम गर्ने इच्छा राख्छन् ।

नाजीर हुसैनसँगको भिजुअल अन्तर्वार्ता सुन्न यस लिंकलाई क्लिक गर्नुस् ।

https://fb.watch/8xezO9vycp/

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!