अहिलेका


जलेश्वर कारागारका कैदीवन्दी आन्दोलित

जनकपुरधाम, १२ असोज ।

महोत्तरीको जलेश्वर कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रेका छन् ।

कैदीवन्दीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्काएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

कारागारमा रहेका कैदीवन्दीहरुलाई भेटघाट गर्न आउँदा त्यहाँ कार्यरत सवारी चालक धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–८ बस्ने प्रेमकान्त ठाकुरले उनीहरुका परिवारका महिला सदस्यहरुलाई विगत धेरै दिनदेखि जिस्काउँदै आईरहेको भन्दै आन्दोलित भएका छन् ।

कैदीवन्दीहरुले सवारी चालक ठाकुरलाई त्यहाँबाट हटाउन माग गर्दै मंगलबार कारागार प्रशासनविरुद्ध आन्दोलन गरेका छन् । प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएको जनाइएको छ ।

यता कारागार प्रशासनले भने सवारी चालक ठाकुरलाई कारवाहीका लागि चिठ्ठी काटिसकेको जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!