अहिलेका


जसपाको मधेस समिति बैठक बाबाको ढावामा हुँदै

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव पनि

 

जनकपुरधाम, १० असोज ।

जनता समाजवादी पार्टी(जसपा) नेपालको मधेस प्रदेश समिति बैठक लक्ष्मीनियाँ गाउँपालिकास्थित बाबाको ढावामा भइरहेको छ  । बैठकस्थल बाबाको ढावा जनकपुरधामको जिरोमाइलबाट करिब सात किलोमिटर उत्तरमा पर्छ ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भइरहेको बैठकमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान(सुज) का उपलब्धिबारे समीक्षा गरिनुका साथै मधेस प्रदेश समिति समायोजन, पुनर्गठन तथा विस्तार सम्बन्धमा छलफल भइरहेको छ ।

बैठकमा सहभागी हुन अध्यक्ष यादव आजै जनकपुर आएका छन् ।

प्रदेश २ को नामकरण मधेस प्रदेश हुनुपर्ने प्रस्ताव गरेको जसपाले प्रदेश २ कमिटीलाई मधेस कमिटी बनाएको छ ।

 

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!