अहिलेका


जसपाबाट सरकारमा सहभागी हुनेहरुको नामावली

जनकपुरधाम, १३ असोज ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश खारेजी गरेसंगै जनता समाजवादी पार्टी नेपालले मन्त्री बन्नेहरुको नाम तयार पारेका छन् ।

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिइएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श भइरहेको जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए ।
जसपाका एक नेताका अनुसार मन्त्रीहरु बन्नेहरुमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव हुने पक्कापक्की जस्तै छ ।
नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाने आन्तरिक तयारीमा रहेको ती नेताको भनाई छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!