अहिलेका


जसपाबाट सांसद साह संघीय मन्त्री बन्ने सम्भावना !

जनकपुरधाम, २० असोज ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल चारवटा मन्त्रालयसहित संघीय सरकारमा सहभागी हुने तय भएपछि मन्त्री बन्ने आकांक्षीहरूले लबिङ तीव्र पारेका छन् ।

जसपाभित्र महन्थ र उपेन्द्र कित्ताबीच सांसदहरूको लुँछाचुँडी चलिरहँदा उपेन्द्रलाई आडभरोस र साथसहयोग दिने सांसदहरूले आफ्नो भूमिकाको मूल्यांकन गर्दै मन्त्री बनाउनुपर्ने पक्षमा जोडतोडका साथ लबिङ गरिरहेका छन् ।

‘पार्टीभित्र शक्ति सङ्घर्ष चर्किएका बेला एउटा कित्तामा दह्रोपूर्वक उभिएका सांसदहरूको मन्त्री बन्ने इच्छा अभिव्यक्त हुनु स्वाभाविक हो । तर, जसपाका भागमा सीमित मन्त्रालय परेकाले एउटा खास मापदण्ड बनाएर मन्त्रीको छनोट हुन्छ,’जसपाका एक शीर्ष नेताले भने,‘मन्त्रीपरिषद्मा जसपाबाट सहभागी हुनेहरूमा नयाँ र पुरानासँगै समानुपातिक समावेशी अनुहार हेर्न पाउनु हुनेछ ।’

यसपटक मन्त्रीपरिषद्मा सामेल नहुने र सांगठनिक काममा लाग्ने प्रतिबद्धता जनाएका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री छनोट गर्ने अधिकार दिइएको छ । अध्यक्ष यादवले सांसदहरूलाई उनीहरूका भूमिका र योगदानको अवमूल्यन नगरिने बताउँदै आएका छन् ।

तत्कालीन जसपाभित्र ओली सरकारका विरुद्धमा उभिने वा सत्ता साझेदारी गर्ने विषयमा विवाद चुलिँदा उपेन्द्र पक्षमा छजना सांसदसहित आएका प्रमोद साह मन्त्री बनाइने प्रायः निश्चित भएको अनुमान गरिएको छ । अमृता अग्रहरि, नरमाया ढकाल, रानी मण्डल, रुही नाज, रेणुका गुरुङका साथ उपेन्द्र यादव पक्षमा लागेका साहको उपस्थितिपछि उपेन्द्र नेतृत्वको समूहमा आत्मविश्वास पलाएको थियो ।

तत्कालीन जसपाभित्र ओली सरकारका विरुद्धमा उभिने वा सत्ता साझेदारी गर्ने विषयमा विवाद चुलिँदा उपेन्द्र पक्षमा छजना सांसदसहित आएका प्रमोद साह मन्त्री बनाइने प्रायः निश्चित भएको अनुमान गरिएको छ । अमृता अग्रहरि, नरमाया ढकाल, रानी मण्डल, रुही नाज, रेणुका गुरुङका साथ उपेन्द्र यादव पक्षमा लागेका साहको उपस्थितिपछि उपेन्द्र नेतृत्वको समूहमा आत्मविश्वास पलाएको थियो ।

तत्कालीन राजपा नेपाल खेमाबाट साह बाहिरिएपछि महन्थ पक्षका २२ जना सांसद संख्या घटेर १३ मा समेटिएको थियो भने उपेन्द्र पक्षमा राष्ट्रियसभा सदस्यसमेत गरी २१ जना सांसद गोलबन्द भएका थिए । तीमध्ये १९ जना प्रतिनिधिसभा सदस्य हुन् ।

सांसद प्रमोद साहसहितको समूह उपेन्द्र पक्षमा लागेपछि महन्थ ठाकुर समूहका दोस्रो वरीयताका नेता राजेन्द्र महतोको साखमा प्रश्नचिह्न लागेको छ भने उनी नवगठित लोसपा नेपालभित्र पनि आफ्नो पुरानो शक्तिशाली भूमिका जीवन्त पार्न कसरत गरिरहेका छन् ।

सांसद प्रमोद साह पक्ष उपेन्द्रको कित्तामा प्रस्ट भएपछि ओली सरकारमा मन्त्री बनेका राजकिशोर यादवसमेत उपेन्द्र पक्षमा लागेका थिए ।

‘उपेन्द्रजीका लागि सांसद प्रमोदको उपस्थिति एउटा मनोवैज्ञानिक जित थियो । उनको संलग्नताले महन्थ पक्षको सांसद सँख्यामात्र घटेनन्, मनोबल पनि कमजोर भयो,’ पार्टीका अर्का नेताले भने,‘ पार्टी समावेशी भएको उदाहरण स्थापित गर्न पनि साह मन्त्री हुने छाँटकाँट देखिन्छ ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!