अहिलेका


जसपाले दिए अख्यिारलाई ओली मतियारको संज्ञा

जनकपुर, १७ असोज ।


मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० नेपालले आज पनि बृहत जुलुश निकालेका छन् ।
अख्तियार माथि आरोप लगाउदै छापामार शैलीको बिरोध गरेको जनाउँदै आइतबार जनकपुरधाम सहित ८ वटै जिल्ला मुकाममा जसपा नेपालले जुलुस निकालेका हुन् ।

प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको भन्दै आन्दोलनको घोषणा अनुसार जनकपुधराममको नगर परिक्रमा गर्दै विरोधसभा समेत गरेका छन् ।

जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको सो जुलुसले भानु चोक, कदम चोक, विद्यापति मुरलीसर चोक,विश्वकर्मा चोक, जिरोमाईल, बजरंग चोक, रामानन्द चोक हुदैँ पिराडी चोकमा पुगि विरोधसभामा परिणत भएको थियो ।

सो सभामा जसपाका नेताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री लालबाबु राउतको विरुद्ध षड्यन्त्र गरेको आरोप लगाउदैँ अख्यितायरलाई नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार भएको आरोप वक्ताहरुले लगाएका छन ।

प्रदेश २ का ८ वटै जिल्लाको सदरमुकाममा जसपाले अख्तियार विरुद्ध राजविराज, लहान, जनकपुरधाम, जलेश्वर, मलंगवा, कलैया, गौर र वीरगंजमा पनि जुलुश प्रदर्शन गरेका छन् ।

बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार आयोगको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारी विभिन्न फाइलहरु समेत नियन्त्रणमा लिएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!